Tuesday, July 27, 2021
घरखेलकुदसन्दीप, सोमपाल र ज्ञानेन्द्र एकदिवसीय वरियतामा

सन्दीप, सोमपाल र ज्ञानेन्द्र एकदिवसीय वरियतामा

काठमाडौँ– नेपालका तीन खेलाडी पहिलो पटक एकदिवसीय क्रिकेटको वरियतामा समावेश भएका छन् । लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल पहिलो पटक एकदिवसीय वरियतामा समावेश भएका हुन् ।

साउन दोस्रो साता नेदरल्यान्ड्ससँग २ खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाली खेलाडी वरियतामा समावेश भएका हुन् ।

सन्दीप बलरको वरियतामा र अरु ब्याट्सम्यातर्फ समावेश भएका हुन् । नेदरल्यान्ड्सविरुद्ध ४ विकेट लिएका सन्दीप २ सय १७ औं स्थानमा छन् ।

ब्याट्सम्यानको वरियतामा सोमपाल २ सय २९ औं र ज्ञानेन्द्र २ सय ३६ औं वरीयताम छन् । दुवैले नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

टी–ट्वान्टीतर्फ अटाएका कप्तान पारस खड्का, शरद भेषवाकर र विनोद भण्डारी भने एकदिवसीयमा परेनन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments