Friday, July 30, 2021
घरBanner Newsकाठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव, ठाउँठाउँमा नक्कली बम

काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव, ठाउँठाउँमा नक्कली बम

काठमाडौँ – सार्वजनिक सवारी साधान सञ्चालनमा बन्दको प्रभाव नपरेको ट्राफिक प्रहरीले जनाएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड पक्राउ परेको विरोधमा नेत्र विक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबारका लागि नेपाल बन्दको आह्वान गरेको भनिएको छ ।

तर काठमाडौँ उपत्यकामा बन्दको प्रभाव निकै कम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

बिहानैदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक गाडी चलिरहेको प्रहरीले जनाएको छ । सुरक्षाका लागि अरु दिन भन्दा धेरै प्रहरी खटाइएको छ । अहिलेसम्म कोही पक्राउ पनि परेका छैनन् ।

तर शैक्षिक संस्थामा भने बन्दको प्रभाव देखिएको छ । बिहानै खुल्ने विद्यालय तथा क्याम्पसमा पढाइ हुन सकेको छैन । काठमाडौँ उपत्यका बाहिर पनि बन्दको प्रभाव निकै कम देखिएको प्रहरीले जनाएको छ ।

भूमिगत राजनीति गरिरहेको पार्टीले अवैध क्रियाकलाप गरेको,चन्दा आतङ्क मच्चाएको, विभिन्न ठाउँमा विस्फोटन गराएको भन्दै सरकार कडा रुपमा प्रस्तुत भएको छ ।

प्रहरीले पार्टीको आर्थिक विभाग प्रमुखसमेत रहेका प्रकान्डलाई ८ करोडभन्दा बढी चन्दा असुलीको आरोपमा गत साता पक्राउ गरेको थियो ।
काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा नेकपा कार्यकर्ताले नक्कली बम राखेर नागरिकलार्इ त्रसित बनाउन खोजेका छन् । काठमाडौंको थानकोट ललितपुरको ग्वार्को भक्तपुर लगायतका ठाउँमा नक्कली बम भेटिएको प्रहरीले जनाएको छ । ति सबै बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो ।

पार्टीको १३ सदस्यीय पोलिटब्युरो समितिका पाँच जना अहिले हिरासतमा छन् । तीमध्ये रणवीर भनिने भरत बम भर्खरै छुटेका छन्। पार्टी प्रमुख विप्लवसहित माथिल्लोस्तरका नेता भने भूमिगत छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments