Monday, June 14, 2021
घरविश्वताइवानको एक अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु

ताइवानको एक अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु

एजेन्सी । ताइवानको ताइपोई शहरस्थित एक अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । अन्य १६ जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । अस्पतालको सातौं तल्लाको एउटा वार्डबाट सुरु भई फैलिएको आगलागीको यकिन कारण पुष्टि नभएको स्थानीय अधिकारीले जनाएका छन् । यद्यपी विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । अस्पतालका ३ जना कर्मचारी सहित ३३ जना विरामीलाई नजिकैको वाइफू अस्पतालमा स्थानान्तरण गरिएको छ । आगालागी रोकथामका लागि सुरक्षात्मक पहल नगर्दा पछिल्लो समय ताइवानमा आगलागीका घटना वृद्धि हुँदै आएका छन् यसअघि सन् २०१२ मा एउटा अस्पतालमा भएको आगलागीमा परि १२ जनाको ज्यान गएको थियो भने ६० जना भन्दा घाइते भएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments