Thursday, June 17, 2021
घरमनोरञ्जनछोरालाई सोनालीको सन्देश

छोरालाई सोनालीको सन्देश

सोनाली बेन्द्रे यतिवेला क्यान्सरबाट पीडित छिन्। तर, उनको मनोबल भने प्रशंसा गर्नलायकको छ। सोनाली समय–समयमा आफ्नो स्वास्थ्यस्थितिबारे फ्यानलाई सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेकी हुन्छिन्। पछिल्लो समय भने उनले ११ अगस्टमा परेको छोरा रणवीरको जन्मदिनलाई लिएर एक सन्देश सार्वजनिक गरेकी छिन्।

सोनालीले छोराको जन्म दिनमा सँगै हुन नपाएको विषयलाई लिएर लेखेकी छिन्, ‘मेरो घाम, मेरो जून, मेरो तारा अनि मेरो सिंगो आकाश। तिमीलाई केही फरक लाग्न सक्छ, तर, १३औँ जन्म दिनमा तिमी यसको हकदार छौ, अब तिमी युवा पनि भइसकेका छौ। यो कुरा स्विकार्न मेरो दिमागलाई केही समय लाग्ला। म तिमीलाई भन्न सक्दिनँ कि तिमी हुनुमा मलाई कति गर्व छ।

तिम्रो बुद्धि, तिम्रो विवेक, तिम्रो ताकत, तिम्रो अबोधपन, अनि तिम्रो बदमासी१ ह्याप्पी बर्थडे, मेरो ठूलो भइसकेको छोरा।’ उनले यो पनि भनेकी छिन्, ‘पहिलोपटक यस्तो भएको छ, जहाँ तिम्रो बर्थडेमा हामी आमा–छोरा सँगै छैनौँ। म तिमीलाई धेरै सम्झिरहेकी छु। सधँै धेरै माया गरिरहनेछु।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments