Tuesday, October 26, 2021
घरBanner Newsकर वृद्धिको विरोधमा रत्ननगर नगरपालिकामा  रिले अनसन

कर वृद्धिको विरोधमा रत्ननगर नगरपालिकामा  रिले अनसन

काठमाण्डौ । कर वृद्धिको विरोधमा चितवनको रत्ननगर नगरपालिकामा आइतबार रिले अनसन सुरु भएको छ । नेपाली कांग्रेसलगायत रत्ननगर नगरपालिकामा क्रियाशील विभिन्न सात राजनीतिक दलले संयुक्तरुपमा विरोधस्वरुप रिले अनसन सुरु गरेका छन् ।

नगरपालिकाले गरेको कर वृद्धिलगायतको ११ विषयमा संयुक्त संघर्ष समिति बनाएर उनीहरुले आन्दोलन थालेका हुन् ।रत्ननगर नगरपलिकाले एक हजार प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै विभिन्न राजनीतिक दलले विरोध गर्दै आएका छन् । उनीहरुले अनशनसँगै राजस्व शाखासमेत बन्द गराएका छन् । अघिल्लो वर्ष ३१५ रुपैयाँ कर तिरेको तर यसवर्ष कर वृद्धि भएर ६ हजार २४० रुपैयाँँ तिरेको रत्ननगर नगरपालिका वडा नम्बर ९ का स्थानीय गोपाल शर्माले बताए ।

अत्याधिकरुपमा बढाइएको करले जनता मर्कामा परेको सर्बसाधरणले गुनासो गरे । चरणबद्ध आन्दोलनको अन्य विभिन्न कार्यक्रम गर्दासमेत नगरपालिका नेतृत्वले आफूहरुको माग सुनुवाई नगरेको भन्दै रिले अनसनमा बस्नु परेको नेपाली कांग्रेस रत्ननगर नगर समितिका सभापति रुपनराज घिमिरेले बताए । अनशनमा सहभागी हुन आएका विभिन्न पार्टीका कार्यकर्ताहरुले नगरपालिकाको राजस्व शाखामा अवरोध पुर्‍याएका छन् । अवरोधपछि कर राजस्व संकलन कार्य बन्द भएको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले चित्त नबुझेको विषयमा वसेर छलफल गर्न सकिने बताएका छन् । दलहरुको आन्दोलनका विषयमा एक दुई दिनमै केही निष्कर्ष निस्कने उनले बताए । आन्दोलमा उत्रिएका दलहरुले वृद्धि भएको कर तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments