Tuesday, July 27, 2021
घरBanner Newsझण्डै एक साताको स्थगतपछि प्रतिनिधिसभाको बैठकआज बस्दै

झण्डै एक साताको स्थगतपछि प्रतिनिधिसभाको बैठकआज बस्दै

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभा भवन नयाँ वानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उपभोक्ता संरक्षण विधेयक टेबुल गर्नुहुने संघीय संसद सचिवालयले जनाएको छ । यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सो विधेयक गत सोमवारको प्रतिनिधिसभा बैठकले दफावार छलफलका लागि समितिमा पठाएको थियो । सोही बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखापरीक्षण विधेयक र बीमा विधेयक पनि दफावार छलफलका लागि पठाएको थियो । झण्डै एक साताको स्थगतपछि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । सरकारले बिजनेश दिन नसकेपछि गत सोमवार बसेर बैठक आजसम्मका लागि स्थगित भएको थियो । यस्तै राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । बैठकमा प्रशासकीय अदालत सम्बन्धमा व्यवस्था गर्न विधेयकमाथि दफावार छलफल सुरु गर्ने कार्यतालिका छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments