Tuesday, July 27, 2021
घरविशेषआज बेलुकी ठुलो बर्षा हुने अनुमान

आज बेलुकी ठुलो बर्षा हुने अनुमान

काठमाण्डौ । आज बेलुकीदेखि ठुलो बर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् । नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा केही तल झरेपछि बुधबार र बिहीबार कममात्रामा वर्षा भएको थियो । आजदेखी त्यो रेखा फेरि नेपाल नजिकै पुग्ने भएकाले बेलुकीदेखि ठूलो पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभरीकै मौसम सामान्यतया बदली भइ धेरै ठाउँमा पानी पर्ने अनुमान छ । पश्चिमको एकदुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने जनाईएको छ ।

आइतबारसम्मै केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेकाले सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् । अबको तीन दिन देशभरी नै पानी पर्दा धेरै नदीमा बाढीको जोखिम छ । साना ठूला सबै नदीमा बाढी आउन सक्ने भन्दै नदी आसपासका बासिन्दालाई सावधानी तथा पूर्व तयारी गर्न बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।

अघिल्लो लेखमाप्रचण्ड भदौ तेस्रो साता भारत जाने
अर्को लेखमा
RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments