Tuesday, September 21, 2021
घरBanner Newsवडा कार्यालयको सिफारीस बिनानै जग्गा पास,स्थानीयको  विरोध

वडा कार्यालयको सिफारीस बिनानै जग्गा पास,स्थानीयको  विरोध

२५ साउन,काठमाण्डौ । मालपोत कार्यालय कावासोतीमा वडा कार्यालयको सिफारीस बिनानै जग्गा पास र नामसारी भएको पाइएको छ । कुनै जग्गाको किन बेच गर्दा वडाकार्यालयको सिफारीस चाहीने भएतापनि मालपोत कार्यलय कावासोतीले वडा कार्यालयको सिफारीस विनानै जग्गा पास गरीदिएको छ । कावासोती नगरपालिका ४ हसौराको विवादित जग्गा विक्रि भएपछि यो बिषय सार्वजनिक भएको हो । साविक शिवमन्दिर ९को २ सय ७४कित्तानम्वरको २ कट्ठा २ धुर जग्गा भीमबहादुर आलेले भोगचलन गर्दै आईरहेका थीए तर जग्गाधनि प्रमाणपत्र  होममाया सुनुवारको नाममा निस्कियो अहिले होममायाले आफ्नो नामको जग्गा भोगचलन गर्दै आएका आलेको अनुमति बिनानै बिक्रि गरेपछि यो बिषय बाहिर आएको हो ।

होममायाले उक्त जग्गा कावासोती ३ निवासी भरत पाण्डेलाईसाउन ३ गते कावासोती मालपोत कार्यालयमा रजिष्टेशन पास गरि ४ लाख रुपैयामा बिक्रि गरेकी हुन्  । कावासोती ४ मा करिब एक सय ९० बिगाहा जमिनदारी जग्गामध्य ७० बिगाहा जग्गा भोगचलन गर्ने ब्यक्ति भन्दा बाहीरका ब्इक्तिको नाममा जग्गाधनि पुर्जा आएको छ । आफुहरुले किनेको जग्गाको पुर्जा अरुकै नाममा आउदा सर्बसाधरण मर्कामा छन् । कतिपयले आफुले भोगचलन गर्दै आएको जग्गाको भनिपुर्वावालासंग पुनः मोटो रकम तिरेर आफ्नो नाममा नामसारी गरेका छन् ।

कतिपय सर्बसाधरणलाई त अझै आफ्नो जग्गाको पुर्जावाला को हो भन्ने सम्म थाह छैन । केही नेताहरुले मिलीमतोमा आफ्नो नाममा जग्गा बनाएपनि आफ्नो जग्गा आफ्नो नाममा बनाउन संघर्ष गरीरहेको नाम नखुलाउने सर्तमा  एक सर्बसाधरणले बताए । जग्गामा बिवाद भएकाकारण स्थानियको सहमति बिना किनबेच गर्न नपाईने भन्दै रोक्का गरीएको जग्गा एकाएक मालपोतका कमृचारीले नासारी गरीदिएपछि स्थानियमा आक्रोस छाएको छ ।  स्थानीयको  विरोध पछि मालपोत कार्यालयले उक्त जग्गा जोतभोग गर्ने ब्यक्ति रिता आलेको नाममा नामसारी गरि जग्गाधनी लालपुर्जा निर्माण गरिदिएको मालपोत कार्यालय कावासोतीका  प्रमुख अशोक भट्टराईले  जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments