Tuesday, July 27, 2021
घरअर्थ र विकासनेप्से परिसूचक ओरालो लाग्यो

नेप्से परिसूचक ओरालो लाग्यो

काठमाण्डौ । यस साता कारोबार रकमसहित नेप्से परिसूचकसमेत ओरालो लागेको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले ओरालो लागेको छ । साताका ५ दिन नै लगानीकर्ताका लागि फलदायी नबनेको सेयर बजार परिसूचक नेप्से अन्तिम दिन १ हजार १ सय ८० दशमलव ६३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९.१३ अंकमा आइपुगेको छ ।

पुँजी बजार लगानीकर्ताहरुका लागि यो साता दुखद बनेको छ । साताभरमा भएको ५ दिनको कारोबारमा पाँचै दिन अधिकांश समूहहरु राताम्मे देखिँदा लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुमाएका छन् ।यस साता कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्स एक नम्बरमा दलेखिएको छ । सातामा पाँच करोड ९० लाख ४० हजार रुपैयाँ कारोबार गर्दै प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा देखिएको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments