Wednesday, September 22, 2021
घरअर्थ र विकासमाथिल्लो तामाकोशीको भदौ १ गतेसम्म शेयर आवेदन दिन पाउने

माथिल्लो तामाकोशीको भदौ १ गतेसम्म शेयर आवेदन दिन पाउने

काठमाण्डौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदन दिने समय एक साता थप भएको छ । दोलखा घर भई काठमाण्डौंमा बस्दै आएका सर्वसाधारणका लागि गत साउन १६ गतेदेखि आवेदन खुल्ला गरिएको थियो । इच्छुकको संख्या अत्यधिक भएपछि आवेदन भर्ने समय एक साता थप गरिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । आवेदन भर्नका लागि दोलखामा रहेका जिल्लाबासीका लागि भदौ १४ गते र काठमाडौंबासीका लागि आजसम्मको समयावधि तोकिएको थियो । समयावधि थपिएपछि काठमाडौंवासीले अब भदौ १ गतेसम्म आवेदन दिन पाउनेछन् ।

अहिलेसम्म ४५ हजार बढीले आवेदन भरेको र झण्डै १ अर्ब रुपैयाँ संकलन भएको प्रवक्ता न्यौपानेले बताउनुभयो । आयोजनाले स्थानीयवासीका लागि एक अर्ब पाँच करोड ९० लाख बराबर अर्थात १० प्रतिशत शेयर खुला गरेको हो । यसलगत्तै अन्य सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी आयोजनको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको सो आयोजनाको ९६ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । कुल ४ सय ५६ मेगावाट क्षमताको आयोजनाले आगामी चैतसम्ममा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । हालसम्म आयोजना निर्माणका लागि ३९ अर्बभन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments