Sunday, October 17, 2021
घरBanner Newsफेक इन्काउन्टर हल्ला मात्र: गृहमन्त्री

फेक इन्काउन्टर हल्ला मात्र: गृहमन्त्री

भरतपुर-गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणपछि हत्या घटनामा संलग्न गोपाल तामाङ र अजय तामाङ प्रहरीको इन्काउन्टरमा नै मारिएको दाबी गरेका छन् ।

११ वर्षका बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर इन्काउन्टरका नाममा गोली हानी हत्या गरेको आरोप लागिरहेका बेला गृहमन्त्री थापाको यस्तो अभिव्यक्ति आएको हो ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तेज पार्न सरकार सफल भएको बताउँदै फेक इन्काउन्टर हल्ला मात्र भएको दाबी गरे ।

उनले ११ वर्षीय बालक निशान खड्काका अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गर्दै हल्लाका पछाडी नलाग्न समेत आग्रह गरे ।

सञ्चारकर्मीहरुको प्रश्नमा उनले २४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको र मुल कुरा त्यो रहेको बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments