Wednesday, October 27, 2021
घरखेलकुदडेब्यु खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, टिम भने पराजित

डेब्यु खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, टिम भने पराजित

काठमाडौँः क्यारेबियन प्रिमियर लिगको डेब्यु खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेका छन् । लिगको दोस्रो खेलका क्रममा सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई गुयना एमाजोन वारियर्सले २४ बल बाँकी रहँदै ६ विकेटले पराजित गरेको हो ।

यद्यपि व्यक्तिगतरुपमा भने सन्दीपले क्यारेबियन प्रिमियर लिगमा पनि आफ्नो जादु चलाए । दोस्रो ओभरमा बलिङमा उत्रेका सन्दीपले आफ्नो पहिलो बलमै गुयना अमाजोन वारियर्सका चाडविक वाल्टनलाई ५ बलमा ९ रन बनाएको अवस्थामा आउट गरेका थिए ।

सन्दीपको टिमका लागि ब्याटिङमा कप्तान क्रिस गेलले गतिलो पारी खेले पनि जिताउन सकेनन् । उनले ६५ बलमा ८६ रनको शानदार पारी खेले पनि गुयना वारियर्सले जित निकाल्दै त्यो स्कोरलार्इ छायामा पारिदियो ।

आफ्नो टिमका लागि कसिलो बलिङ गरेका सन्दीप सबैभन्दा किफायती बलर पनि बने । ४ ओभर बलिङ गर्दै उनले केबल १२ रन मात्रै खर्चेर २ विकेट लिन पनि सफल भए ।

खेलको १० औँभरमा पनि सन्दीपले विकेट लिए । दशौँ ओभरको दोस्रो बलमा उनले गुएना वारिर्यसका जोसन मोहम्मेदलाई पेभेलियन पठाए । मोहम्मेदले १६ बलमा १८ रन बनाएको अवस्थामा सन्दीपले कुपरमार्फत् क्याच आउट गराइदिएका थिए ।

यद्यपित यसअघि सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सले पहिले ब्याटिङ गर्दै तुलनात्मकरुपमा कम्जोर प्रदर्शन गरेको थियो । उसले ५ विकेटको क्षतिमा केबल १४५ रन मात्रै बनाएको थियो । १४६ रनको चुनौती पाएको गुएना वारियर्सले १७ औ ओभरमा ४ विकेट गुमाउँदै १४८ रन बनाएर जित दर्ता गर्न सफल भयो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments