काठमाण्डौ । सरकारले आदिवासीहरुको मुद्धालाई वेवास्था गरेको एक कार्यक्रमका वक्ताहरुको भनाई छ । २४ औ विश्व आदिवासी दिवशको अवसरमा काठमाण्डौमा भएको विषेस कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्री केपि शर्मा ओली आदिवासीहरुसंग भागेको बताएका छन् । आदिवासीको गुनासो सुन्न समेत नआएकोप्रति प्रधानमन्त्रीको आलोचना गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनजाति र मधेसी नेताहरुले दोहोरो चरित्र देखाएको आरोप लगाए ।
आफ्नो पार्टीको विधान र केन्द्रीय कमिटी अरुको भन्दा समावेशी भएको भएको दाबी गर्दै उनले भने, ‘अरुले नारा लगाएका छन्, हामीले काम गरेका छौं ।’कांग्रेस नेता पौडेलले मन्त्री हुँदा आफूले नै जनजाति प्रतिनिधिसँग २० बुँदे सम्झौता गरेको र त्यसअनुसार आईएलओ १६९ लाई संसदबाट पास गराएको दाबी गरे ।
सम्झौताप्रति प्रतिवद्ध रहेर सरकार र संसदमा प्रस्तुत गरेको उनले बताए । यस्तै कार्यक्रममा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले आदिवासी जनजाति, मधेसीहरुले किन अधिकार पाएनन् भनेर समीक्षा गर्ने बेला आएको बताएका छन् ।