Sunday, June 13, 2021
घरसमाचारथापाले सम्हाले सेनाको नेतृत्व

थापाले सम्हाले सेनाको नेतृत्व

 काठमाण्डौ । बलाधिकृत रथी पूर्णचन्द्र थापाले आजबाट नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै छन् । आफ्नो कार्यकाल सकिन एक महिना अघिनै प्रधानसेनापति राजेन्द्र क्षेत्री आजबाट विदामा बस्नेभएपछि थापाले नेपाली सेनाको कमाण्ड सम्हाल्न लागेका हुन् । बिहीबार जंङ्गी अड्डामा एक कार्यक्रमका बीच प्रधानसेनापति क्षेत्रीले बलाधिकृत थापालाई पद बुझबुझारथ गर्ने सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।

२०३६ सालमा अधिकृत क्याडेटबाट सेनामा प्रवेश गरेका बलाधिकृत थापा भदौ २३ गते देखी नेपालको ४३ औं प्रधानसेनापति बन्ने छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले थापालाई आज देखी लागु हुने गरी कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरिसकेकी छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments