Sunday, June 13, 2021
घरविश्वअमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने

अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने

२४ साउन,एजेन्सी । अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने जनाएको छ । रुसी पूर्व गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरी माथि स्नायुमा असर पर्ने नर्भ एजेन्ट हमलाका विषयमा मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकाले निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ । रुसले रसायनिक तथा जैविक हतियारको आफ्नै नागरिक माथि प्रयोग गरि अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकाले दाबी गरेको छ । २२ अगष्ट देखी लागु हुने नयाँ प्रतिबन्ध विद्युतिय सामाग्रीको निर्यातमा लगाईएको हो ।

९० दिन सम्म आफ्नो क्रियाकलापको उचित स्पष्टीकरण दिन नसके संयुक्त राष्ट्रसंघले रसायनिक हमलाबारे विस्तृत अनुसन्धान गर्ने बीबीसीले जनाएको छ । गत जुलाई १६ मा अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको सम्मेलनले दुई मुलुकबीचका असमझदारी हटाएको दाबी गरिए पनि एक महिना नपुग्दै अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments