Tuesday, November 30, 2021
घरपत्रपत्रिकाडा अर्यालको ‘मनको तीरैतीर’ विमोचित

डा अर्यालको ‘मनको तीरैतीर’ विमोचित

काठमाडौं : डा अस्मिता अर्यालको ‘मनको तीरैतिर’ नामक कविता संग्रह सार्वजनिक भएको छ।

कविता संग्रहको प्रसिद्ध गीतकार कालीप्रसाद रिजाल, साहित्यकार वशसन्त चौधरी र अस्मिताका पिता एकनारायण अर्याल र माता मायादेवी अर्यालले संयुक्त रुपमा विमोचन गरे।

विमोचन कार्यक्रममा बोल्दै गीतकार रिजालले मेडिकल डाक्टरकी विद्यार्थीले साहित्य सिर्जना गर्नु कठिन कार्य भएको भन्दै अर्यालको कविको प्रशंसा गरे।

रिजालले अर्यालको साहित्यिक कृत्रिले सामाजिक विकृतिलाई प्रहार गर्न सफल भएको बताए। सँगै समालोचक प्रा डा सावित्री कक्षपतिले मेडिकल र प्राविधिक क्षेत्रकी विद्यार्थी साहित्यिक क्षेत्रमा रम्नु गौरवको कुरा भएको बताइन्।

उनले अर्यालको कविताले सवैको मनमुटु स्पन्दन गर्न सक्ने क्षमता राखेको उल्लेख गरिन्। सो कवितासंग्रह लुनकरणदासा गंगादेवी चौधरी साहित्यकला मन्दिरले प्रकाशन गरेको हो।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments