Tuesday, November 30, 2021
घरBanner Newsचार वर्षमा ४,४४५ महिला बलात्कृत, हरेक दिन तीनजना बलात्कृत

चार वर्षमा ४,४४५ महिला बलात्कृत, हरेक दिन तीनजना बलात्कृत

नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेका छन्। अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ। तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन्। बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ। बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ।

बलात्कारीको निसानामा धेरैजसो बालिका पर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ। नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका छन्। त्यसपछि १० वर्षमुनिका बालिका छन्। बालिका र किशोरी मात्रै होइन, वृद्धासमेत बलात्कारको सिकार भएका छन्। आजको नयाँ पत्रिकामा समाचार छ ।

चार वर्षमा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भए। त्यसमध्ये १० देखि १६ वर्ष उमेरका बालिका १ हजार ३ सय १३ छन्। १० वर्षमुनिका ८ सय २० बालिका बलात्कृत भए। १७ देखि १८ वर्ष उमेरका ४ सय ५१ जनामाथि बलात्कार भएको छ। चार वर्षमा बलात्कृत भएका १ हजार ५ सय १६ जना भने २० वर्षमाथिका छन्।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले बलात्कारका घटना प्रत्येक वर्ष बढ्दै गएको बताए। ‘चार वर्षयताको तथ्यांक हेर्दा बलात्कारका घटना बढेकोबढ्यै देखिन्छ। यस अवधिमा चार हजारभन्दा धेरै पीडित भएका छन्,’ एसएसपी थापाले भने।

३६ महिनमा साढे १५ सयमाथि बलात्कार प्रयास
गएको ३६ महिनामा मुलुकभर एक हजार पाँच सय ५० महिला तथा बालिकामाथि बलात्कारको प्रयास भएको छ। अर्थात् मुलुकभर प्रत्येक दिन झन्डै दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको तथ्यांकले देखाउँछ। यो संख्या प्रत्येक वर्ष झन्डै १६ प्रतिशतले बढेको देखिन्छ। पीडित अधिकांश बालिका नै छ।

प्रहरी प्रवक्ता डिआइजी नेउपानले भने, ‘घटना विश्लेषण गर्दा अधिकांश घटनामा बालिकामाथि बलात्कारको प्रयास भएको देखिन्छ। त्यसपछि किशोरी निसानामा पर्ने गरेको देखिन्छ। यो संख्या प्रत्येक वर्ष बढ्ने गरेको छ।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments