काठमाण्डौ । नेविसंघको विवाद मिलाउन गठित समितिले अध्यक्ष नैनसिंह महरलाई १० दिनभित्र अधिबेशनको कार्ययोजना पेश गर्न अल्टिमेटम दिएको छ । नेता नेता प्रकाश शरण महतको संयोजकत्वमा गठन गरिएको समितिले अध्यक्ष महरलाई आगामी भदौ २ गतेभित्र कार्ययोजना पेश गर्न भनेको हो ।
अध्यक्ष महरले २ गतेसम्म अधिबेशनको कार्ययोजना पेश गरे कार्यसमितिको म्याद तीन महिना थप्ने सहमति भएको समितिका सदस्य रंजित कर्णले जानकारी दिए ।नेविसंघको २०७३ साउन २३ गते महाधिवेशन भएको थियो । तर, भदौ २ गते पदबहाली भएको थियो । सोही दिनलार्इ आधिकारिक मानेर समितिले अधिबेशनको कार्ययोजना पेश गर्ने गरी सहमति गरेको हो ।