Monday, June 14, 2021
घरBanner Newsप्रधानमन्त्री ओलीको दोहोरो चरित्रका कारण न्यायालय दुर्घटनामा : कांग्रेस

प्रधानमन्त्री ओलीको दोहोरो चरित्रका कारण न्यायालय दुर्घटनामा : कांग्रेस

काठमाण्डौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रका कारण न्यायालय दुर्घटनामा परेको आरोप लगाएको छ । प्रधानमन्त्रीकेपी ओलीकै कारण ‘दुर्भाग्यपूर्ण घटना’ भएको र यसले न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको नियन्त्रणकारी हस्तक्षेप भएको नेपाली कांग्रेसले ठहर गरेको छ ।मंगलबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीकै अध्यक्षतामा रहेको संवैधानिक परिषदबाट सिफारिस भएर प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ मितिबाट दुई तिहाईको बलमा अस्वीकृत गरिएको भन्दै कांग्रेसले न्यायालय दुर्घटनामा परेको आरोप लगाएको हो ।

नेपाली कांग्रेस आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षा गर्न अझ बढी गम्भीरताका साथ क्रियाशील रहने निर्णय पनि बैठकले गरेको छ । बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकारले दुई तिहाईको दम्भ प्रदर्शन गरेको र त्यसको पछिल्लो निशाना न्यायालय हुन थालेकोमा चिन्ता व्यक्त गरेका थिए । निर्धारीत समयभन्दा दुई घण्टा ढिला सुरु बैठकमा केन्द्रीय सदस्यहरुले संवैधानिक परिषद्को बैठकमा जोशी प्रकरणबारे कडा रुपमा प्रस्तुत हुन नेतृत्वलाई सुझाएका छन् । यस्तै बैठकमा समसामयिक राजनीतिक घटनाक्रम बारे समेत छलफल भएको नेता देवेन्द्र राज कण्डेलले जानकारी दिए । बैठकपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यदि जोशीको शैक्षिक प्रमाणपत्र नक्कली छ भने राज्यले छानविन गरेर कारबाही गर्नु पर्ने माग समेत गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments