Thursday, June 17, 2021
घरविशेषफोटो प्रदर्शनीमा अठार हजार दर्शक सहभागी

फोटो प्रदर्शनीमा अठार हजार दर्शक सहभागी

काठमाण्डौ । फोटो पत्रकार क्लब (पिजे क्लब) ले आयोजना गरेको आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ठ तस्बिरहरूको अठार हजार दर्शकले अवलोकन गरेका छन् । साउन १६ गते देखी २१ गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहलमा चलेको थीयो । राजनीतिकर्मीदेखि कलाकार, साहित्यकार, पेशाकर्मी, विद्यार्थी, पत्रकार लगायतका विभिन्न क्षेत्रका दर्शकहरूले प्रदर्शनी अवलोकन गरेका थिए । फोटो प्रदर्शनीमा #experienceNepal कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरी सात विधाका उकृष्ट १६० फोटोहरू राखिएको थियो ।

प्रदर्शनिको अवलोकन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रकृति र समाजका विविध पक्षहरूको फोटो मार्फत गरिएको अभिव्यक्ति निकै मार्मिक र सन्देशमूलक रहेको बताए । यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदर्शनीबाट  राष्ट्रका समग्र जीवनका विचित्रता र विशिष्टताहरू झल्केको बताए । यस्तै प्रदर्शनिको अवलोकन गर्नेहरुले नेपाल झल्काउने प्रकृति र संवेदनाका तस्बिरहरूको प्रदर्शनी अवलोकन गर्ने अवसर प्राप्त भएको बताएका थीए । प्रतियोगिताको उपाधी नरेन्द्र श्रेष्ठको फोटोले जितेको थियो । काठमाडौंमा नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिएका फोटोहरूकोे काठमाडौं बाहिर भने विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी यसैवर्ष सम्पन्न गरिनेछ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments