Tuesday, June 15, 2021
घरBanner Newsबिरामीको सेवा गर्न नपाएको भन्दै डा.केसीले क्षमा मागे

बिरामीको सेवा गर्न नपाएको भन्दै डा.केसीले क्षमा मागे

काठमाण्डौ । २७ दिनसम्मको अनसन र त्यसपछि पनि उपचारका क्रममा बिरामीको सेवा गर्न नपाएको भन्दै डा गोविन्द केसी भावुक भएका छन्। आज त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले त्यसका लागि क्षमा मागेका छन्। यो अनसन मेरा निम्ति बाध्यता थियो , उनले भने,यस अवधिभर बिरामीको सेवा गर्न नपाएकोमा क्षमा चाहन्छु।

सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन गर्न डा गोविन्द केसीले ध्यानाकर्षण गराएका छन् । १५ औं अनसनपछि स्वास्थ्य उपचारमा रहेका उनले पत्रकार सम्मेलन गर्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।

शिक्षण अस्पतालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सहमतिको यथाशिघ्र कार्यान्वयनको माग गरेका छन् । सहमतिको ८ औँ बुदामा आफूसँग भएको सहमति मन्त्रीपरिषद्बाट पास गर्ने उल्लेख गरिएकोमा उक्त कार्य नभएको भन्दै उनले सरकारलाई स्मण गराएका छन् ।उनले आफूसँग भएको सम्झौतामा सरकारले छलछाम नगर्ने विश्वास प्रकट गरेका छन्। उनले छलछाम भयो भने कडा कदम चाल्न आफू बाध्य हुने चेतावनी पनि सरकारलाई दिएका छन्।

पत्रकार सम्मेलनमा डा.केसीले भने, ‘जिम्मेवार नेताले माग पूरा गर्छु भनेका थिए। छलछाम हुने छैन भन्नेमा बिस्वस्त छौँ।’ यसबाहेक सहमतिमा रहेको जाँचबुझ आयोगले दाषी ठहरायका पदाधिकारलाई कारबाही, कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाउन पहल लगायतका ६ बँदालाई पनि यथाशिघ्र कार्यान्वयनका लागि पहल गर्न ध्यानाकर्षण गराएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments