Sunday, September 26, 2021
घरविश्वनागरिकबीचमा फुट पैदा गराउने अमेरिकी रणनीति : इरान

नागरिकबीचमा फुट पैदा गराउने अमेरिकी रणनीति : इरान

एजेन्सी । अमेरिकाले सन् २०१५ मा गरेको परमाणु सम्झौताबाट पछि हट्दै थप प्रतिबन्धको तयारी गरेपछि इरानले कडा प्रतिक्रिया दिएको छ । अमेरिकाको यो कदमलाई इरानका राष्ट्रपति हसन रुहानीले मनोवैज्ञानिक युद्धको संज्ञा दिएका छन् ।

आफ्ना नागरिकबीचमा फुट पैदा गराउने अमेरिकी रणनीति हुनसक्ने भन्दै सम्झौता विपरित कुनै कदम चाले, त्यो उसैको लागि घातक हुने राष्ट्रपति रुहानीले चेतावनी दिनुभएको छ । सन् २०१५ मा बराक ओबामा राष्ट्रपति हुँदा इरानसँग पारमाणविक गतिविधि कम गर्ने र बदलामा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै लैजाने सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

सम्झौतामा अमेरिकासँगै हस्ताक्षर गरेका युरोपियन युनियन आवद्ध राष्ट्रहरु फ्रान्स, रुस, जर्मनी, चीनलगायत देशले पछिल्लो अमेरिकी कदमको तीव्र आलोचना गरेका छन् । अमेरिकाका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौता एकतर्फी भएको भन्दै इरानमाथि थप आर्थिक नाकाबन्दी लगाउने घोषणा यसअघि नै गरीसक्नुभएको छ ।

ट्रम्पले इरानको प्रमुख आयस्रोत रहेको तेलको निर्यातमा प्रतिबन्ध लगाउने र आर्थिक रुपमा कमजोर भएपछि इरानलाई घुँडा टेक्न बाध्य बनाउने नीति रहेको प्रष्ट पारिसक्नुभएको छ । ट्रम्प प्रशासनको नीतिका विरोधमा इरानले अमेरिकाको इमान्दारीतामा प्रश्न समेत गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments