काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको महिला संगठनले आज काठमाण्डौमा प्रदर्शन गरेको छ। देशका विभिन्न ठाउँमा शृङ्खलाबद्ध बलात्कार, हत्या, हिंसा, सामाजिक अपराध, विरुद्ध प्रदर्शन गरेको हो ।‘बलात्कारीलाई कारबाही गर’, ‘दण्डहीनताको अन्त्य गर’, ‘नारी अस्मिताको रक्षा गर’ लगायतका नारासहित प्लेकार्डसहित बबरमहलबाट शुरु भएको र्याली माइतीघर मण्डलामा पुगेर कोण सभामा परिणत भएको थीयो । कोण सभामा बोल्दै संगठनकी अध्यक्ष कुन्ती कुमारी शाहीले पछिल्लो समय भईरहेको शृङ्खलाबद्ध अपराधलाई नियन्त्रण गर्न सरकारलाई आग्रह गरीन् । उनले दोसीलाई कडाभन्दा कडा सजायको समेत माग गरीन् ।