वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयको नेतृत्व खाली नहुने बताएका छन् ।आज वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले केहि दिनमै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने बताए । साथै रिक्त रहेका अन्य संवैधानिक पदहरुमा पदपूर्ति र संवैधानिक आयोगहरु गठनबारे पनि छलफल भइरहेको उनको भनाई छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएको प्रसंगमा नेकपानका अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै प्रकारको असन्तुष्टि नरहेको र नेता श्रेष्ठ प्रवक्ताकै जिम्मेवारीमा रहेको बताए