Sunday, September 26, 2021
घरसमाचारबन्दका कारण प्रदेश नं १ को जनजीवन प्रभावित

बन्दका कारण प्रदेश नं १ को जनजीवन प्रभावित

धनकुटा । पहिचानवादी राजनीतिक दलहरुले गरेको बन्दका कारण प्रदेश नं १ को जनजीवन प्रभावित बनेको छ । लिम्बूवान–खम्बूवानमा सक्रिय रहेका पहिचानवादी राजनीतिक दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी, लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता पार्टीले प्रदेश नं १ बन्द आह्वान गरेका हुन् ।बन्दकर्ताले लिम्बूवान–खम्बूवानको ऐतिहासिक विरासतलाई पहिचानको रुपमा स्थापित गर्न २०६६ सालदेखि हरेक वर्ष साउन २२ गते बन्द आह्वान गर्दै आएको जनाएका छन् । आत्मनिर्णयको अधिकार सहितको प्रदेश नं. १ को नाम स्वायत्त लिम्बूवान–खम्बुवान राज्य घोषणा गर्नु पर्ने माग अघि सारेका छन् । बिहानदेखि धरानबाट धनकुटा हुँदै पहाडी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुमतर्फ संचालन हुने सवारी साधनहरु ठप्प रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बन्दका पूर्व जानकारी नपाएपछि धनकुटा बसपार्क, हिलेबजार, पाख्रीवास बजार, सिधुवाबजार, लेगुवा लगायतका स्थानमा यात्रुहरु अलपत्र परेका छन् । बन्दको प्रभाव प्रदेश नं। १ का पहाडी जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुरमा बढी मात्रामा परेको छ । अन्य जिल्लाहरु सुनसरी, मोरङ, झापा, इलाम, सोलुखुम्बु, उदयपुर, खोटाङ र ओखलढुंगामा भने कम मात्रामा परेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी कृष्ण प्रसाईँले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments