Sunday, October 17, 2021
घरखेलकुदनेपाली राष्ट्रिय टोलीले थाइल्याण्डको पुलिस टेरो क्लबसँग अभ्यास खेल खेल्ने

नेपाली राष्ट्रिय टोलीले थाइल्याण्डको पुलिस टेरो क्लबसँग अभ्यास खेल खेल्ने

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टिमले आज थाइल्याण्डको पुलिस टेरो क्लबसँग अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ५ बजेपछि बैकंकस्थित बोन्याचिन्डा स्टेडियममा सुरु हुनेछ ।टेरो पुलिसबिरुद्धको अभ्यास खेलमा टोलीका कप्तान किरण चेम्जोङ र रोहित चन्दबिनै नेपाली टोली मैदान उत्रनेछ । थाई प्रिमियर लिग खेल्ने टेरो पुलिस जारी सिजन तालिकाको १४ औँ स्थानमा रहेको छ । १८ टोली सहभागी लिगमा टेरोले खेलेका २६ खेल मध्ये ८ खेलमा जित र ६ खेल बराबरी खेल्दै ३० अंकका साथ तालिकाको १४ औँ स्थानमा छ ।

नेपालको २३ वर्षमुनिको टोली अभ्यास खेलमा आउँदो शुक्रबार थाइल्याण्डको २३ वर्षमुनिको टोलीसंग खेल्नेछ । साफ र एसियन गेम्सको लागि एन्फाले २६ खेलाडीलाई अभ्यासका लागि थाइल्याण्डमा पठाएको हो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछ । एसियन गेम्समा समुह डी मा रहेको नेपालले समुहचरणमा जापान, भियतनाम र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments