Wednesday, October 27, 2021
घरखेलकुदनेपाल उसु संघ विवादमा

नेपाल उसु संघ विवादमा

आइतवारको निर्वाचनपछि नेपाल उसु संघ अर्को विवादमा फसेको छ । राष्टिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टको अध्यक्षतामा रहेको तदर्थ समितिले गत आइतवार साधारणसभा गरेको थियो ।

साधारणसभाको उदघाटन सत्रपछि संघको नेतृत्वको विषयमा विवाद शुरु भएपछि सदस्यसचिव विष्ट कार्यक्रम स्थल छाडेर हिडेका थिए । उनी हिडे पनि विर बहादुर तामाङसहितको टोलीले संघको निर्वाचन भएको भन्दै निर्विरोध कार्यसमितिको नाम सार्वजनिक गरेको थियो ।

तामाङ नेतृत्वको टोलीले वैधानिक रुपमा नया कार्य समिति चयन भएको दावी गरेपनि राष्ट्रिय खेलकुद परिषदले नया समितिको वैधता नभएको बताएको छ । तामाङ नेतृत्वको टोलीका अनुसार केशव विष्ट आफै अध्यक्ष बन्न खोजेको र त्यो संभव नभएपछि कार्यक्रम स्थल छाडेर हिडेका हुन् । यता जीवनराम श्रेष्ठ समुहको ओलम्पिक कमिटिले भने तामाङ नेतृत्वलाई मान्यता दिने तयारी गरेको बुझिएको छ ।

आइतबार सम्पन्न भएको भनिएको साधारण सभाबाट नेपाल उसु संघको अध्यक्षमा वीर बहादुर तामाङसहित २८ सदस्यीय केन्द्रिय कमिटी गठन भएको बताइएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments