काठमाडौँ: देशका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्युन चापीय रेखा नेपाल भन्दा केही पर सरेकाले हिजो अस्तिको तुलनामा मंगलबारको मौसम केही सुधार भएको तर धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने रहेको मौसमविद मञ्जु बासीले जानकारी दिइन् ।
यस्तै दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । पूर्व तथा मध्य क्षेत्रमा बंगलाको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव पर्ने भएकाले राति केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद बासीले जानकारी दिइन् ।
यस्तै अबको केही दिन मौसम यस्तै रहने महाशाखाले जनाएको छ