Tuesday, September 21, 2021
घरविशेषसाउदी अरेबिया-क्यानाडा सम्बन्ध थप चिसिँदै

साउदी अरेबिया-क्यानाडा सम्बन्ध थप चिसिँदै

क्यानाडाले पक्राउ गरिएका साउदी नागरिक अगुवा र महिला अधिकारकर्मीको रिहाइको माग गरेपछि साउदी अरेबियाको सरकारी वायुसेवाले टोरोन्टो आउजाउ गर्ने उडानहरू स्थगित गर्ने जनाएको छन्।

आन्तरिक मामिलामा ‘हस्तक्षेप’ भएको भन्दै साउदी अरेबियाले क्यानाडासँगका सबै व्यापारिक कारोबार बन्द गर्नुका साथै क्यानाडाका राजदूतलाई देशनिकाला गरेको छ।

सन् २०१६ मा क्यानाडा र साउदी अरेबियाबीच तीन अर्ब डलर बराबरको कारोबार भएको थियो।

साउदी अरेबियाको पछिल्लो कदमबारे जवाफ दिँदै क्यानाडाले ‘मानव अधिकारको पक्षमा वकालत गर्न जारी राख्ने’ बताएको छ।

प्रवर्द्धन
साउदी अरेबियामा पक्राउ पर्नेहरूमा जेलमा रहेकी ब्लगर रइफ बादवीकी बहिनी एवम् मानव अधिकारकर्मी समार बादवी पनि छिन्। क्यानाडाकी विदेशमन्त्री क्रीस्टिया फ्रील्याण्डले कूटनीतिज्ञलाई देशनिकाला गरिएकोमा आफू ‘चिन्तित भएको’ बताएकी छन्। तर उनले भनिन्, “विश्वभरि महिला अधिकार र अभिव्यक्ति स्वतन्त्रतासहित मानव अधिकारको रक्षाका निम्ति क्यानाडा सधैँ उभिरहनेछ।”

त्यसअघि उनका साउदी समकक्षी आदिल अल-जुबैरले क्यानाडाले लिएको अडान ‘गलत सूचनामा आधारित’ भएको भन्दै ट्वीट गरेका थिए। उनले ‘पक्राउ परेकाहरू साउदी कानून बमोजिम पक्राउ परेको र ती कानूनले उनीहरूको अधिकार सुनिश्चित गरेको’ पनि बताएका छन्।

साउदी अरेबियाकी एक अगुवा महिला अधिकारकर्मी मनाल अल-शरिफले ‘बोलेकोमा’ क्यानाडालाई धन्यवाद दिँदै अरू पश्चिमा मुलुकलाई पनि त्यसै गर्न आग्रह गरेकी छन्।

बिहीवार एउटा ट्वीट गर्दै क्यानाडाकी विदेशमन्त्रीले अधिकारकर्मी बादवीलाई पक्राउ गरिएकोमा आफूलाई निकै ‘चिन्ता’ लागेको बताएकी थिइन्।

बीबीसीबाट साभार

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments