काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद, आइसिसीले जारी गरेको नयाँ बरियतामा ट्वेन्टी–ट्वेन्टी क्रिकेट तर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका छन् ।
ब्याटिङ्ग तर्फ कप्तान पारस खड्का र शरद भेषावकर तथा बलिङ्ग तर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका हुन् ।
ट्वेन्टी–ट्वेन्टी ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंकसहित ९० औँ स्थानमा छन् । यस्तै २३८ अंकसहित शरद ९८ औँ स्थानमा रहेका छन् ।
यस्तै ट्वेन्टी–ट्वेन्टी बलरको बरियतामा ३९७ अंकसहित बसन्त ७१ औँ तथा ३३८ अंकसहित सोमपाल ९२ औँ स्थानमा रहेका छन् । सोमपालको ठ्याक्कै पछि अस्ट्रेलियाका केन रिचार्डसन रहेका छन् । यस्तै बसन्तभन्दा पछि अस्ट्रेलियाकै मार्कस स्टाइनिस रहेका छन् ।