Monday, June 21, 2021
घरमनोरञ्जनकट्टेलको ‘यो तीजमा माइतीको आँगन' सार्वजनिक

कट्टेलको ‘यो तीजमा माइतीको आँगन’ सार्वजनिक

काठमाडौ । तीज नजिकिँदै गर्दा त्यससँग सम्बन्धित गीत धमाधम बजारमा सार्वजनिक भइरहेका छन् । यसैगरी कृष्ण कट्टेलको लय तथा शब्दमा तयार गरिएको टिपिकल नेपाली शब्द ‘यो तीजमा माइतीको आँगन’ बोलको गीत सार्वजनिक भएको छ ।

सृया नेपालको स्वर रहेको उक्त गीतको संगीत संयोजन शम्भु बानियाँले गरेका हुन् । मेलोडी नेपालको आफ्नै यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतमा श्रृङ्गा कोइराला र पाशाङ शेर्पा फिचर्ड रहेका छन् ।

दीपक तामाङको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई रामेश्वर जिरेलले छायाङकन गरेका हुन् । यस गीतको लय तथा शब्द सृजनामा मौलिकता दर्शाउन संगीतकार तथा रचनाकार कट्टेल सफल देखिएका छन् ।

पाटनको कृष्ण मन्दिरमा छायाङकन गरिएको गीतमा कृष्ण मन्दिरका सुन्दर दृश्यहरु असाध्यै मेहनतका साथ कैद गरिएका छन् । पछिल्लो समयमा तीजका गीतमा मौलिकता हराएको आरोप लागेको बेला मौलिक पहिचान बोकेको यो गीत दर्शकसामू आएको छ । हेरौ दर्शकको माया बटुल्न कति सफल हुन्छ ।

https://youtu.be/jWbNvxJT5w0

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments