Tuesday, July 27, 2021
घरविशेषभारतमा पन्ध्र माओवादी मारिए

भारतमा पन्ध्र माओवादी मारिए

एजेन्सी । भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १५ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेको जनाएको छ । सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाका अनुसार, गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको थियो । प्रहरीले उक्त स्थानको वरपर थप लडाकू रहेको आशंकामा खोजतलासलाई तीव्र बनाएको छ ।

यही महिनाको सुरुमा छत्तीसगढमा विगत दुई वर्षको अन्तरालमा सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा २ सय ४७ जना माओवादी लडाकू मारिएको विवरण माओवादीले नै सार्वजनिक गरेको पर्चामा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

नक्सलविरोधी अभियान सम्बन्धी विशेष महानिर्देशक डीएम अवस्थीले अगस्ट २०१६ देखि जुलाई २०१८ को अवधिमा भएका ५०० भन्दा बढी झडपमा २०८ जना माओवादी लडाकूको शव प्रहरीले बरामद गरिएको बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments