Sunday, June 13, 2021
घरमनोरञ्जन‘नाइ नभन्नु ल-५’ को दोश्रो गीत सार्वजनिक

‘नाइ नभन्नु ल-५’ को दोश्रो गीत सार्वजनिक

काठमाण्डौ । भाद्र आठ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘नाइ नभन्नु ल-५’ को दोश्रो गीत सार्वजनिक गरिएको छ। ‘बालापनको उमेर’ बोलको उक्त गीत आईतवार समाजअक संजाल युट्यूब मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मालाई फिचर गरिएको छ । बसन्त सापकोटाको शब्द/संगीत र गायिका समिक्षा अधिकारिको स्वर समावेश उक्त गीतमा अनुभव र सेड्रीनाको केमेस्ट्री निकै सुहाएको छ।

वान टाइम सिनेमाको निर्माण र निर्देशक विकाशराज आचार्यको निर्देशन रहेको चलचित्रमा बसन्त सापकोटाको संगीत, अर्जुन जिसीको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, हरिबोल भण्डारी र गौरी जोशीले निर्माण रहेको छ। त्यस्तै चलचित्रको कार्यकारी निर्माता दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र बिष्णुमणि दाहाल हुन् ।

सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन रहेको यस चलचित्रमा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।https://www.youtube.com/watch?v=uWFuEKotFxc&feature=youtu.be

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments