पोखरा । पोखराबाट जोमसोमकालागी छुटेको बस दुर्घटना हुदा १९ यात्रु घाईते भएका छन् । बिहान जोमसोमकालागी छुटेको ग १ ख ५५९८ नम्बरको यात्रुबहाक बस बिहान साढे ९ बजे पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पर्वतको बेतेनीमा दुर्घटनामा परेको हो । पोखरा–बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट खसेको थियो ।
दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतबाट सुरक्षाकर्मीको टोली पुगेर उद्धार गरिरहेको छ । घटनामा गम्भीर घाइते ६ जनालाई आकस्मिक उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ भने सामान्य घाइते १३ जनालाई जिल्ला अस्पताल पर्वतमा पठाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।