Wednesday, June 16, 2021
घरसमाचारगृहमन्त्री रामबहादुर थापा इन्डानेशिया गए

गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया गए

काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया गएका छन् ।इन्डोनेशियाको बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आइतबार बेलुका इन्डोनेशिया गएका हुन् । यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुँदैछन् । गृहमन्त्री थापाले साउन २२ गते सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपालसहित चीन, भारत, अष्टेलियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय विभिन्न एजेन्सीहरु आइओएम, युएनएचसिआर र युएनओडीसीका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुँदैछन् ।

मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा सदस्य राष्ट्रहरुबीच नीति, निर्माण, सूचना आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले सन् २००२ मा ‘बाली प्रोसेस’को नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो ।

गृहमन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा आइतबार बेलुकासाढे नौ बजे त्यसतर्फ गएका हुन् । उनि साउन २३ गते स्वदेश फर्कने जनाईएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments