काठमाण्डौ । प्रतिबन्धित भारु १२ लाख ७० हजार रुपैयाँसहित दुई जना काठमाण्डौको जमहलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ल छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी दानबहादुर मल्लले बताए ।