Friday, July 30, 2021
घरसमाचारकाँडाघारीबाट बालक अपहरित

काँडाघारीबाट बालक अपहरित

काठमाडौं : काठमाडौंको काँडाघारीबाट एक ११ वर्षीय बालक अपहरित भएकाे अाशंका गरिएकाे छ। आइतबार बेलुका हराएका निसान्त खड्कालाई अपहरण गरिएको प्रहरीले आशंका गरेको छ।

खड्काको परिवारलाई अज्ञात समूहले फोन गरी मोटो रकम मागेपछि बालक अपहरणमा परेको हुन सक्ने प्रहरीको आशंका छ। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बालक अपहरणमा परेका हुन् वा हरायका हुन भन्ने एकिन भइनसकेको बताए।

उनका अनुसार हिजो रातिदेखिनै प्रहरीले खोजी कार्य जारी राखेको छ। उनी र उनका टीम अहिले काठमाडौंको काडाँघारी, भक्तपुरको ठिमी र ललितपुर आसपासमा खटिएको छ। ‘अपहरण नै परेका हुन् भन्ने कुरा अहिले भन्न सकिदैन, हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ,’ एसएसपी पोखरेलले भने, केही समयमै यसको रिजल्ट आउने छ।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments