Monday, June 14, 2021
घरBanner Newsबुधबारबाट पानी पर्ने क्रम कम हुन्छः मौसमविद

बुधबारबाट पानी पर्ने क्रम कम हुन्छः मौसमविद

काठमाडौं । पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा पानी परेको छ । खोला तथा नदीहरुमा ठूलो बाढी आएको छ ।

आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको रेकर्डअनुसार काठमाडौं उपत्यकामा २८ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

पश्चिमको एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेकाले सतर्क हुनुपर्ने मौसमविदले बताएका छन् ।

मौसमविद समीर श्रेष्ठका अनुसार मंगलबारबाट पूर्वमा र बुधबारबाट मात्र देशभर पानी पर्ने क्रम कम हुने उनले जानकारी दिए । तर, बदलीको अवस्था र हल्का पानी पर्ने क्रम जारी रहने उनले बताए ।

उडान अवतरण प्रभावित

वर्षाका कारण काठमाडौंबाट हुने उडान अवतरण पनि प्रभावित भयो ।

बिहान ६ बजेसम्म १५ सय मिटर मात्र भिजिबिलिटी भएकाले उडान अवतरण रोकिएको थियो । ‘अब बिस्तारै भिजिबिलिटी बढ्दै गएकाले उडान अवतरण सुरु हुनसक्छ,’ मौसमविद समीर श्रेष्ठले भने ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments