Wednesday, October 27, 2021
घरफिचरआगोको लप्कामा पृथ्वी

आगोको लप्कामा पृथ्वी

पृथ्वी पुतपुताइरहेको छ। यो गर्मीमा उत्तरी गोलाद्र्धले सियाटलदेखि साइबेरियासम्म आगोका ज्वाला खपेको छ। क्यालिफोर्निया हुँदै फैलिएको डढेलो यो यामका १८ वटामध्ये एक थियो। त्यो अमेरिकी इतिहासमै सबैभन्दा खराबमध्येको एक पनि थियो। उक्त डढेलोले यति आफ्नै मौसम बनाउने गरी अत्यधिक ताप पैदा गरिदियो। पछिल्लो हप्ता एथेन्सको तटीय क्षेत्रमा फैलिएको डढेलोले त ९१ जनाको ज्यान नै लियो। जताततै मानिस बढ्दो तापले निस्सासिएका छन्। जापानको टोकियोमा समेत तापक्रम ४० डिग्री सेल्सियसमाथि पुग्यो। गर्मी बढेकैले जापानमा झन्डै १२५ जनाको मृत्युसमेत भयो।

पहिले कतैकतै हुने भन्ठानिने त्यस्ता विपत्ति अचेल सबैतिर आउन थालेको छ। वैज्ञानिकले लामो समयदेखि सचेत बनाउँदै आएका थिए, पृथ्वी तात्यो भने औद्योगिक कालका चिम्नीहरू बल्नभन्दा पहिलाको विश्व तापमानमा एक डिग्री सेल्सियसले वृद्धि हुन सक्छ। एउटा प्रारम्भिक विश्लेषणले भनेको छ– यदि मानवीय कारणले विश्व तापमान वृद्धि नभएको भए युरोपको तापमान अहिलेको भन्दा आधा हुन्थ्यो।

अहिले जलवायु परिवर्तनका असर प्रस्ट देखिन थालेका छन्। त्यसले चुनौती झनै थपिरहेको बताइरहेछ। सन् २०१५ मा पेरिसमा विभिन्न देशका प्रतिनिधि जम्मा भएर विश्व तापमान वृद्धिको दर औद्योगिक युगमा भन्दा दुई डिग्री कम गर्ने कसम खाएको तीन वर्षपछि हरित ग्याँस उत्सर्जन झनै बढेको छ। त्यसैगरी तेल र ग्याँसमा लगानी पनि बढेको छ। सन् २०१७ मा चार वर्षपछि पहिलोपटक कोइलाको माग बढेको छ। वायु र सौर्य ऊर्जाजस्ता नवीकरणीय ऊर्जा स्रोतमा दिइएको आर्थिक सहयोग सीमित पारिएको छ। तिनमा गरिने लगानी रोकिएको छ। वातावरणमैत्री आणविक ऊर्जा महँगो र अलोकप्रिय छ। यो सबै अस्थायी परिवर्तन हो, आफ्नो रक्षा गर्ने स्वभाव भएको मानव जातिले यो सबै गडबडीबाट पार पाएर एक दिन विश्व तापमान वृद्धिलाई पराजित गर्नेछ– यस्तो सोच्नु सुखद् हुनेछ। वास्तविकतामा भने मानव जातिले यो युद्ध हारिरहेछ।

अपर्याप्त प्रगतिलाई अप्रगति नै भन्न मिल्दैन। सोलार प्यानल, वायु मिल र अरू कार्बन कम उत्र्सजन गर्ने प्रविधि सस्तो हुँदै जाँदा तिनीहरूको प्रयोग पनि बढेको छ। पछिल्लो वर्ष मात्रै विश्वभर १० लाखभन्दा बढी विद्युतीय कार बिके। घाम बढी लाग्ने र हावा बढी चल्ने ठाउँमा कोइलाभन्दा नविकरणीय ऊर्जा सस्तो भइरहेछ।

जनचासो बढिरहेछ। पछिल्लो वर्ष ३८ देशमा गरिएको एक सर्वेक्षणमा सहभागी ६१ प्रतिशत मानिसले जलवायु परिवर्तनलाई सबैभन्दा ठूलो खतराका रूपमा लिएका थिए। केवल ‘इस्लामिक स्टेट’ का आतंककारी योभन्दा खतरनाक थिए। पश्चिममा अभियन्ताले कोइला र तेल प्रयोग गर्ने कम्पनीबाट आपूmलाई टाढा राख्ने कुरा गर्छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ‘पेरिस सम्झौता’ बाट बाहिर राख्ने निर्णय गरे पनि त्यहाँका धेरै सहर र प्रान्तले यो सम्झौतामा आफ्नो प्रतिबद्धता जाहेर गरेका छन्। ट्रम्पकै पार्टी रिपब्लिकनका शंकालु नेताले समेत यो समस्याबारे ट्रम्पले जस्तो चर्को धारणा राख्दैनन्। धुवाँमा लपेटिएका चीन र भारतका जनताले पनि कोइलाबाट विद्युत् निकाल्ने नीतिबारे पुनर्विचार गर्न सरकारलाई दबाब दिइरहेका छन्।

आशावादी कार्बन उन्मूलन लक्ष्यनजिक पुगेको धारणा राख्छन्। फेरि पनि विश्वव्यापी लक्ष्यमा सहमत हुन र यसलाई लागू गर्न रहेको जटिलतालाई स्वीकृति दिँदादिँदै यो लक्ष्य निकै अप्ठ्यारो छ। यस्तो कठिनाइका केही कारण छन्।

कुनै पनि देशले जति धेरै जीवावशेष इन्धन उपयोग गर्छ त्यति नै त्यसबाट निस्कन गाह्रो हुन्छ। उनीहरूलाई आड दिने शक्तिशाली दबाब समूहहरू र मतदाताहरू कोइला ऊर्जासँग जोडिएका हुन्छन्।

एउटा कारण हो बढ्दो ऊर्जा माग। यस्तो माग खासगरी विकसित एसियामा बढी छ। सन् २००६ देखि २०१६ को बीचमा एसिया उदाउँदो आर्थिक शक्तिका रूपमा परिचित भयो। यही समयमा उसले गर्ने ऊर्जा खपत पनि ४० प्रतिशतले बढ्यो। यो बीचमा जीवावशेष इन्धन र कोइलाको खपत वार्षिक ३.१ प्रतिशतका दरले बढ्यो। प्राकृतिक ग्याँसको खपत ५.२ र तेलको खपत २.९ प्रतिशतले बढ्यो। सौर्य ऊर्जा वा वायु ऊर्जाभन्दा जीवावशेष ऊर्जा अहिले प्रयोग भइरहेका ग्रिडमा जोड्न सजिलो हुन्छ। हरित दातृ व्यवस्थापकहरूले तेल कम्पनीबाट हात झिक्ने धम्की दिइरहँदा पनि मध्यपूर्व र रूसका राज्य–सञ्चालित कम्पनीहरूले एसियाली मागकै कारण लगानी बढाइरहेछन्।

दोस्रो कारण हो, आर्थिक र राजनीतिक जडता। कुनै पनि देशले जति धेरै जीवावशेष इन्धन उपयोग गर्छ त्यति नै त्यसबाट निस्कन गाह्रो हुन्छ। उनीहरूलाई आड दिने शक्तिशाली दबाब समूहहरू र मतदाताहरू कोइला ऊर्जासँग जोडिएका हुन्छन्। त्यसैले स्थापित तौरतरिका फेर्न वर्षौं लाग्छ। सन् १८०० को दशकमा औद्योगिक क्रान्तिसँगै कोइला खपत गर्न थालेको बेलायतले सन् २०१७ मा बल्ल कोइलामुक्त दिनको मज्जा लिन सक्यो। भारतमा कोइलाले केवल ८० प्रतिशत विद्युत् मात्र उत्सर्जन गर्दैन, सँगसँगै यसले कतिपय गरिब प्रान्तहरूको अर्थतन्त्र पनि उकास्छ। दिल्लीका उच्चाधिकारीहरू कोइलाको अन्त्य भएको हेर्न चाहँदैनन्। उनीहरू यसले पूरै बैंकिङ प्रणाली विकलांग हुन्छ भन्ने ठान्छन्।

अन्तिम कारण हो, उद्योगहरूबाट कार्बनलाई अलग्याउने प्राविधिक चुनौती। स्टिल, सिमेन्ट, खेतीपाती, यातायात र आर्थिक गतिविधिका अरू क्रिया विश्वमा उत्सर्जन हुने कार्बनको आधा हिस्सा ओगट्छन्। यिनीहरूलाई हटाउन प्राविधिक रूपमा गाह्रो छ। साथसाथै कुत्सित स्वार्थहरूले यिनको रक्षा पनि गर्छन्। त्यसैले उपलब्धि भ्रामक बन्न सक्छ। जस्तै– चीनका १० लाखभन्दा बढी विद्युतीय कारहरू विद्युतीय ग्रिडमा जोडिएका छन्। ती ग्रीडमा बहने विद्युत्को दुईतिहाई भने कोइलाबाट उत्पादन हुन्छ। त्यो प्रक्रियामा उत्सर्जन हुने कार्बनडाइअक्साइड त्यति नै संख्याका पेट्रोल कारहरूले गर्नेभन्दा बढी हुन्छ। अहिलेलाई पेरिस सम्झौताले तय गरेको लक्ष्य बराबरीमा पुग्ने गरी कार्बनडाइअक्साइड हटाउनेमा सबैको चासो कम छ।

पेरिस सम्झौताका लक्ष्यप्रति विश्वले ध्यान दिइरहेको छैन। सिंगो विश्वमा उत्सर्जन हुने कार्बनको पाँच भागमा एक भाग उत्सर्जन गर्ने करिब ७० देशहरूले अहिले कार्बनको पैसा तोकिरहेछन्। प्राविधिकहरूले बलिया ग्रिड, कार्बनशून्य स्टिल, कार्बनमुक्त सिमेन्ट आदि बनाउन अथक मेहनत गरिहेछन्। त्यस्तै सूर्यको प्रकाश अन्तरिक्षमै फर्काउन ‘सोलार जियोइन्जिनियरिङ’ को अनुसन्धान चलिरहेछ। यी सबै कामको गति दोब्बर बढाउनुपर्छ।

फेरि पनि यीमध्ये कुनै पनि प्रविधिले काम दिने छैन, जबसम्म त्यसले जलवायुको लापरबाही सामना गर्न सक्छ। पश्चिमा देशहरू अत्यधिक कार्बन उत्सर्जनबाटै समृद्ध भएका हुन्। उनीहरूले पेरिस सम्झौतामा भएको दुईवटा प्रतिबद्धतालाई स्वीकार गर्नैपर्छ। पहिलो हो, तापमान बढेको पृथ्वीमा अनुकूल हुन गरिबहरूलाई सहयोग गर्ने। दोस्रो, गरिबी उन्मूलनका लागि आवश्यक समृद्धि नत्यागी भविष्यमा कार्बन उत्सर्जन राख्ने।

जलवायु परिवर्तन रोक्नका लागि केही समयका लागि आर्थिक खर्च बढाउनुपर्ने हुनसक्छ जसरी बीसौं शताब्दीमा लरी, कार र जीवावशेष विद्युत्मा जाँदा भएको थियो। ती सबैले कार्बन उत्सर्जन गर्थे। यस्तो परिवर्तनका लागि राजनीतिज्ञहरूले महŒवपूर्ण भूमिका निभाउनुपर्नेछ। साथसाथै उनीहरूले यस्तो परिवर्तनमा जाँदा कमजोरहरूले चोट खप्न नपर्ने सुनिश्चित गर्नुपर्नेछ। सायद विश्व तापमान वृद्धिले ती राजनीतिज्ञहरूलाई सामूहिक इच्छा निर्माण गर्न ऊर्जा दिनेछ। विडम्बना, अहिले संसार तापमानतिरै अग्रसर छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments