एजेन्सी । उत्तर कोरियाले अमेरीकाको पछिल्लो क्रियाकलापको आलोचना गरेको छ । अमेरिकी विदेशमन्त्री माईक पोम्प्योले सहयोगी राष्ट्रसँग मिलेर आफ्नो देशमाथिको प्रतिवन्ध यथावत राख्न गरेको आग्रहप्रति उत्तरका विदेशमन्त्री री योङ हो ले आपत्ति जनाएका हुन् ।आसियान सम्मेलनमा सहभागी हुन सिंगापुर पुगेका अमेरिकी विदेशमन्त्री पोम्प्योले उत्तर कोरियामाथि प्रतिवन्ध यथावत राख्न आग्रह गरेका थीए । प्योङयाङमाथि दबाब कायमै राख्ने अमेरिकी नियतप्रति उत्तरले असन्तुष्टि जनाएको हो । यसअघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले समेत उत्तर कोरियाले आणविक कार्यक्रम बन्द नगरेको बताएको थियो । कडा प्रतिबन्धको सामना गरिरहेको प्योङयाङ विरुद्ध आणविक कार्यक्रम पूर्ण रुपमा बन्द नहुँदा सम्म दबाब कायम राख्ने अमेरिकी रणनीति छ । यसअघि दुई नेताले सिंगापुरमा भएको आसियान सम्मेलनका क्रममा भेटवार्ता समेत गरेका थिए ।