Thursday, August 18, 2022
घरBanner Newsनेपाली टिम सोमबार स्वदेश आइपुग्ने, सन्दीप नेदरल्यान्ड्सबाटै वेस्ट इन्डिजतर्फ

नेपाली टिम सोमबार स्वदेश आइपुग्ने, सन्दीप नेदरल्यान्ड्सबाटै वेस्ट इन्डिजतर्फ

काठमाडौं– नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार स्वदेश आइपुग्ने भएको छ। नेपाली टिम जेट एयरवेजबाट आइतबार नेदरल्यान्ड्सबाट हिड्ने छ भने सोमबार विहान ८:५० नेपाल आइपुग्ने नेपाल टिमका म्यानेजर रमन शिवाकोटीले जनाएका छन्।

नेपाली टिम इंग्ल्यान्डको लर्ड्समा त्रिकोणात्मक टी-२० सिरिज र नेदरल्यान्ड्समा २ खेलको एकदिवसीय सिरिज खेलेर स्वदेश फर्कन लागेको हो। टी-२० सिरिजमा नेपालले एमसिसीलाई हराएको थियो भने नेदरल्यान्ड्स विरुद्धको दोस्रो खेल वर्षाले अबरुद्ध बनेको थियो। एकदिवसीय सिरिजमा पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको थियो।

यता नेपाली टिमका युवा स्पिनर सन्दीप लामिछाने भने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिज लागेका छन्। सन्दीप सिपिएल टिम सेन्ट किट्स एन्ड नभिस पाट्रिओट्ससँग आवद्ध भएका थिए।

सन्दीप ५ हजार डलरमा आवद्ध भएका थिए। सन्दीपको टिममा क्रिस गेलसँगै जिम्बावेका कप्तान ग्रिम केमर छन्। यस्तै वेस्ट इन्डिजका कार्लोस वाथवेट, बंगलादेशका मोहमोदुल्ला सन्दीपका टिम मेट हुन्।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments