काठमाण्डौ । वेष्ट इण्डिजसँगको दोस्रो ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा बंगलादेश १२ रनले विजयी भएको छ । १ सय ७२ रनको लक्ष पाएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाएपछि बंगलादेश विजयी भएको हो । बंगलादेशको जितपछि तीन ट्वेण्टी ट्वेण्टी खेलको शृंखला एक एकको बराबरीमा पुगेको छ ।यूएईमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको हो ।
बंगलादेशका तमिम इकबालले ७४ र सकिब अल हसनले ६० रन बनाए । तमिमले ४४ बलमा ६ चौका र ४ छक्कासहित ७१ रन बनाएका हुन् भने सकिबले ३८ बलमा ६० रन ९ चौका र १ छक्का प्रहार गरे । वेष्ट इण्डिजकालागी आन्द्रे फ्लेचर र रोभमन पोवेलले ४३ –४३ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । बंगलादेशका मुस्ताफिजुर रहेमान र नाज्लुम इश्लामले तीन तीन तथा सकिब अल हसनले दुई विकेट लिएका थीए ।