काठमाण्डौ । प्रतिनिधिसभाले नेपाली कांग्रेसका पूर्व सांसद एवं स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।प्रतिनिधिसभाको अर्को बैठक भोली दिउँसो २ बजेका लागि बोलाईएको छ । ५४ वर्षिय पंगेनीको ह्दयघातका कारण आज बिहान स्याङ्जास्थित निजी निवासमा निधन भएको हो ।
गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्याउँदा कित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
उनका श्रीमती, एक छोरा, एक छोरी छन्। कांग्रेसले आजको बैठकमा संसदीय सुनुवाइ समितिको औचित्य र भूमिकाबारे बहस हुनु पर्ने माग गर्दै आवाज उठाउने तयारी गरेको थियो । यस्तै संसद सचिवालयले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक र लेखापरीक्षण विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो