Wednesday, September 22, 2021
घरसमाचारकांग्रेस स्याङ्जाका सभापति कमल पंगेनीको निधन

कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनीको निधन

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ ।

स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । हृदयाघातका कारण पंगेनीको निधन भएको पारिवारले जनाएको छ ।

गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनका श्रीमती, एक छोरा, एक छोरी छन्।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments