Tuesday, November 30, 2021
घरBanner Newsकामु प्रधानन्यायाधीश जोशी बिदामा बसेपछि मिश्रले तोके पेशी

कामु प्रधानन्यायाधीश जोशी बिदामा बसेपछि मिश्रले तोके पेशी

काठमाडौं : कामु प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बसेका छन्। प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट बहुमतले अस्वीकृत भएका जोशी आइतबारबाट बिदा बस्न लागेका हुन्।

जोशी बिदामा बस्ने भएपछि सर्वोच्चको रोलक्रममा अनुसार दोस्रो नम्बरमा रहेका न्यायाधीश ओमप्रकाश मिश्रले आइतबारदेखि पेशी तोक्ने भएका छन्।

शुक्रबार नेपालको संवैधानिक इतिहासमा पहिलो पटक संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानन्यायाधीश संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका हुन्।

जोशी प्रधानन्यायाधीश बन्न अयोग्य रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले बहुमतले अस्वीकृत गरेका हुन्। संसदीय समितिमा रहेका कांग्रेसका चार सांसदले भने बैठक नै अस्वीकार गरेका थिए। समितिका सभापति लक्ष्मणलाल कर्णले भने तटस्थ बसेका थिए।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments