Sunday, August 1, 2021
घरविशेषकामु प्रधानन्यायाधीश जोशी आइतबारदेखि बिदामा बस्ने

कामु प्रधानन्यायाधीश जोशी आइतबारदेखि बिदामा बस्ने

काठमाण्डौ । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदा बस्ने भएका छन् । उनले आफु विदामा बस्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी समेत गराएका छन् । सुनुवाई समितिले शुक्रबार भावी प्रधान्यायाधीशका रुपमा आफ्नो नाम अस्वीकृत गरेपछि जोशी आइतबारदेखि बिदामा बस्ने भएका हुन्  ।

उनले कति दिनको बिदा बस्ने जानकारी गराएकाहुन् भन्ने चाहिँ राष्ट्रपति कार्यालयका अधिकारीहरुले बताउन चाहेका छैनन् । जोशी बिदामा बस्ने भएपछि आइतबारदेखि सर्वोच्च अदालतको पेशी बरिष्ठताका आधारमा न्यायाधीश ओमप्रकाश मिश्रले तोक्ने सर्वोच्च अदालतले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments