Tuesday, July 27, 2021
घरBanner Newsजितेर पनि जित्न सकेनन् जीत बहादुरले

जितेर पनि जित्न सकेनन् जीत बहादुरले

नेपालका लागी पहिलो अन्तराष्ट्रिय पदक दिलाउने ब्यक्तिको नाम नै जीत बहादुर । तर वास्तविक जीवनमा र नेपालको खेल क्षेत्रमा के जीत बहादुरको नामको अर्थ पुष्टि भएको होल त? यो प्रश्नको जवाफ नेपाली खेल अधिकारीसँग सायदै होला ।

दशरथ रंगशालाको वरिपरि विहान देखी बेलुका सम्म भेटिने एउटा सामान्य ब्यक्ति जसलाई राज्यले नचिनेका कारण नेपालका धेरै खेल प्रेमीले पनि अझै चिन्न सकेका छैनन् ।
उहाँ सेनामा हुनुहुन्थ्यो । त्यहाँको आन्तरिक प्रतियोगितामा दौडदा दौडदै राष्ट्रिय खेलाडी बन्नुभयो । सेनाभित्रको एकजना सामान्य खेलाडीले देशकै प्रतिष्ठासंग गाँसिएको अन्तर्राष्ट्रिय कीर्तिमान राख्ला भन्ने कसैलाई अनुमानसम्म थिएन् । तर भयो त्यस्तै, उहाँ म्याराथन दौड पुरा गर्ने पहिलो नेपाली धावक मात्र बन्नु भएन नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक दिलाएर आफैमा एउटा सिंङ्गो इतिहास बन्नुभयो उहाँ अर्थात जीतबहादुर केसी ।भूतपूर्व भएर पनि खेलाडीहरुसंग हातेमालो गर्ने अहिले उहाँको दिनचर्या बनेको छ ।

२००५ साल भदौ ४ गते दोलखाको पवटी गाविस वडा नम्वर ४ मा उहाँ जन्मदा त्यहाँ कुनै हर्ष बढाई भएको थिएन् । तर विर्खबहादुर केसीको परिवारमा जन्मिएको कान्छो करिव २५ बर्षपछि एकाएक चर्चामा आयो । रेडियोमा उस्को नाम सुन्दा पवटीवासीहरु खुशीले उफ्रिए । त्यही कान्छो २०२१ सालमा गाउँवाट अचानक गायब भएको थियो ।

कान्छो अर्थात जीतबहादुर काठमाण्डौं आउँदा सेनामा भर्ति खुलेको रहेछ । उहाँ सेनामा भर्ति हुनुभयो । तालिमको बेला दौडदा दौडदै उहाँले आफुलाई कुशल धावक सावित गर्नुभयो । त्यसपछि सेनाभित्रकै खेलाडी बनाएर उहाँलाई राष्ट्रिय टीममा पठाईयो । २०२८ सालमा वीरगंजमा आयोजित म्याराथन प्रतियोगितामा केसीको खेल जीवनको आधारस्तम्भ बन्यो । उहाँले वीरगंजको उखरमाउलो गर्मीमा २ घण्टा ३८ मिनेटमा म्याराथन दौड पुरा गर्नु भयो । यसअघि कुनै नेपालीले यो दौड पुरा गर्न सकेको थिएन् । पछि वीरगंजमा पाएको त्यो सफलता आफैमा कीर्तिमान बनेको थियो ।

जीतवहादुर रहरले भन्दापनि बाध्यताले खेल क्षेत्रमा होमिनु भएको थियो । त्यतिबेला सेना भित्रै गण– गणमा प्रतिस्पर्धा हुन्थ्यो । हरेक प्रतियोगितामा उहाँ पहिलो रोजाईमा पर्नुहुन्थ्यो । जागीरका लागि भएपनि खेल्नैपर्ने दौड्नै पर्ने बाध्यता थियो । दिनमा कम्तिमा ६०–७० किलोमिटर दौडनु पथ्र्यो । विस्तारै उहाँको नाम एथलेटिक्स क्षेत्रको अभिन्न अंग बन्यो । उहाँले त्यसलाई छोड्नै सक्नु भएन् । त्यतिबेला म्याराथन दौडने २, ३ जना मात्र थिए । सन १९७० मा बैङ्ककमा आयोजित एसियन खेलकुद प्रंतियोगितामा नेपालले पनि म्याराथनमा भाग लिने निर्णय ग¥यो ।

जीतवहादुर केसी र गंगावहादुर थापालाई त्यहाँ जाने अवसर जु¥यो । विदेश यात्राको पहिलो अनुभव, अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो अनुभव, नेपालले म्याराथनमा भाग लिएको पहिलो अनुभव हुँदाहुँदै पनि केसीले एसियाडमा उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो । उहाँले उक्त म्याराथन दौड २ घण्टा ३५ मिनेटमा पुरा गर्नु भएको थियो । उहाँ त्यो बेला एसियाभरिका प्रतिस्पर्धिहरुविच सातौं हुनु भएको थियो ।

सन १९७२ को म्युनिख ओलम्पिकमा भाग लिन उहाँ जर्मनी जानुभयो । जर्मनीकै कोलनमीमा भएको छनोट चरणमा २ घण्टा २३ मिनेटमा म्याराथन दौड पुरा गर्दा उहाँ मात्र होइन, नेपाली टीमका सम्पूर्ण सहभागिहरु निकै उत्साहित भएका थिए । तर फाइनलका दिन एउटा अस्वभाविक घटना घट्यो । २१ किलो मिटर दुरी पार गरिसकेको अवस्थामा उहाँको खुट्टाको मसल फर्कियो र वीचैमा दौड टुङ्याउनु प¥यो । उहाँले जान पुगेर दौड छोड्नु प¥यो त्यहाँभन्दा अगाडि दुई तीन जना मात्रै थिए । अन्य सवैै प्रतिस्पर्धिहरुलाई उहाँले पछि पारिसक्नु भएको थियो ।

सन १९७३ मा फिलिपिन्समा आयोजित एसियन ट्रयाक एण्ड फिल्ड प्रतियोगितामा केसीले व्यक्तिगत जीवनमा मात्रै नभै नेपालको लागि एउटा उत्साहजनक प्रतियोगिता सावित भयो । त्यहाँ आयोजित म्याराथन प्रतियोगितामा उहाँले तेस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको थियो । त्यतिखेर उक्त म्याराथन दौड पुरा गर्न २ घण्टा २७ मिनेट लागेको थियो उहाँलाई ।

नेपालले कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको यो नै पहिलो घटना थियो । विजयपछि खेल मैदानमा नेपालको झण्डा फहराइयो, केसीले पनि यो सफलतासंगै थुप्रै स्याबासी पाउनु भएको थियो । स्वेदेश फर्कदा केसीलाई एयरपोर्टदेखि नै सिन्दुरयात्रा गरेर शहर घुमाइएको थियो ।

सन १९७५ मा दक्षिण कोरियामा आयोजित एसियन ट्रयाक एण्ड फिल्ड प्रतियोगितामा पनि उहाँले तेस्रो स्थान हासिल गर्नु भएको थियो । उहाँले दौड पुरा गरेको समय २ घण्टा २४ मिनेट मात्रै थियो । यसैविच उहाँले १३ वटा राष्ट्रिय प्रतियोगितामा भाग लिनु भएको थियो । प्राय सवैमा पहिलो स्थान हासिल गर्नु भयो । ति मध्य दुईवटा म्याराथन प्रतियोगिता थिए र बाँकी ५ देखि १० हजार मिटरका दौडहरु । पछि बैङ्ककमा आयोजित आठौं एसियाली खेलकुदमा भाग लिएपछि उहाँले सक्रिय खेलजीवनवाट अवकास लिनु भएको थियो ।

पहिले गंगाबहादुर थापा उहाँको सहकर्मी थिए, पछि बैकुण्ठ मानन्धर आए । मनिला र कोरियामा केसी तेस्रो हुँदा बैकुण्ठ चौथो भएका थिए । आफ्नै सहयात्री बैकुण्ठले बैकुण्ठले दक्षिण एसियाली खेलकुद प्रतियोसिगतामा लगातार पहिलो भएर नयाँ कीर्तिमान बनाउँदा केसीलाई निकै खुशी लागेको थियो । आफ्नो संघर्षपूर्ण खेलजीवनको संझना गर्दै केसीले भन्नुभयो –‘त्यतिबेला लक्ष्मण शाह र मधुशम्शेर राणा कोच थिए । एक गिलास दुध खान पनि समस्या थियो, बजेट नै थिएन ।

वाहिर जाँदा ५ रुपैयाँको डाइड खुवाउथे , एउटा जुत्ता किन्नको लागि पनि समस्या हुन्थ्यो । सेनातर्फ ७० रुपैयाँको तलब थियो । मरिमरि छाक कटाइ कटाइ चाइनिज सेतो जुत्ता किन्यो, त्यो पनि धेरै दिन टिक्दैनथ्यो । कहिले काहिँ फाटेको जुत्ता लगाएर पनि दौडनु पथ्र्यो । तर अहिले त्यो स्थितिमा निकै सुधार आईसकेको छ । तर खेलकुद परिषदका मान्छेहरुसंग डाइटको विषयलाई लिएर अहिले पनि कचकच परिरहेको छ । तै पनि खेलाडीहरुले चित्त बुझाएर खेलिरहेको छन् ।’

जीतबहादुर केसीले खेलकुद क्षेत्रमै सिमित हुन २०३७ सालमा सेनाको जागिर छोडनु भएको थियो । त्यतिखेरको ‘जम्दार जीतवहादुर’ राखेपमा प्रबेश गरेपछि कहिले सहायक प्रशिक्षक बन्नुभयो त कहिले सडकछाप भूतपूर्व खेलाडी । परिषदका पदाधिकारीहरुले उहाँलाई जहिले पनि भकुन्डो जस्तै खेलाई रहे ।

२०४९ सालमा त्यहाँका निर्दयीहरुले मेरो जागिर खाई दिए – केसीले भन्नुहुन्छ । तर केहि समयपश्चात फेरि उहाँलाई करारमा भर्ति गरियो, पछि स्थायी पनि बनाइयो । बाघदरबारको एउटा खोपीवाट शुरु भएको खेलकुद यति लामो समय वित्दा धेरै समुन्नत होला भन्ने आशा थियो, तर खै के हो, के हो ? तै पनि केहि व्यक्तिहरुले खेलकुदमा गरेको योगदान मान्नैपर्छ । कुमार खड्गविक्रमले जग बसाउने काम गरे, शरदचन्द्रले सशक्त बनाए । यो कुरा नपत्याउने मान्छेले खेलकुद बुझेकै छैन् केसीले भन्नुभयो ।

जीतबहादुरले पटकपटक निरासा र असन्तुष्टिका कुरा गर्नुभयो । आफ्नो प्रतिभाको यथोचित कदर नभएको पीडा सवैलाई हुन्छ– सायद यस्तै कुराले उहाँपनि पीडित हुनुहुन्थ्यो । एउटा प्रसंग यहाँ कोट्याऔं – सन १९७३ मा फिलिपिन्समा पहिलो पल्ट अन्तर्राष्ट्रिय पदक ल्याउँदा उहाँलाई गोरखा दक्षिण बाहु तेस्रो दिने निर्णय भएको थियो । तर पछि गोदवा पाँचौं घोषणा भयो । उहाँ त्यतिबेला राष्ट्रिय प्रतियोगिताको सिलसिलामा विराटनगरमा हुनुहुन्थ्यो ।

शुरुमा एउटा आश्वासन दिने पछि अर्को निर्णय गर्ने परिपाटीसंग उहाँले असन्तोष व्यक्त गर्दै त्यो विभूषण अस्वीकार गर्नु भएको थियो । त्यतिखेर अधिराजकुमार बसुन्धरा, सुशिलशम्सेर, खड्गजीत बराल आदिले घर दिने, दिनको दस रुपैयाँ भक्ता दिने, मधेसमा जग्गा दिने आश्वासन दिएका थिए । त्यसै अुनसारको लेखापढी पनि भएको थियो तर पछि कसले के गरे पत्तै भएन् । यस्ता घटनाहरु धेरै भोगेका छन जीतवहादुरले । उहाँलाई २५ बर्षपछि तत्कालिन नेपाल खेलकुद मन्चका अध्यक्ष श्रीविक्रम भण्डारीले सम्मान गरेका थिए । यो भन्दा अघि उनलाई कसैले सम्मान गरेको थिएन् ।

लामो समय खेलकुदमा विताएका जीतवहादुरले जीवनमा कहिल्यै भुल्न नसक्ने एउटा अविष्मरणीय घटना सुनाए । जुन सन १९७३ मा सम्पन्न म्युनिख ओलम्पिकमा घटेको थियो । ओलम्पिक स्पोर्टस भिलेजको एउटा फ्ल्याटमा नेपाली टोली बसेको थियो । अर्को फल्याडमा इजराली खेलाडीहरु वसेका थिए ।

मध्यरातमा नजिककैको फ्ल्याटमा गोली चल्योको आवाज आयो । कुमार खड्ग विक्रम शाह, अधिराजकुमारी शारदा र शोभालगायत नेपाली टोलीका सवैलाई त्यो आवाजले स्तब्ध पा¥यो । भोलिपल्ट उज्यालो हुनासाथ बाहिर निस्कदाच पल्लो कोठामा रगतको खोला देखियो । २, ४ जना रगतपिच्छे भएर लडिरहेका थिए । अरु ९ जनालाई पाता फर्काएर एकै ठाउँमा बाँधिएको थियो र वरिपरि ४ जना अरवी घुमिरहेका थिए । एकजनाको हातमा ग्रिनेट थियो भने अरुले मेसिन गन बोकेका थिए ।

आफ्नै कोठा बाहिर त्यस्तो भयङ्क दृष्य देख्दा जितवहादुर सन्त्रासले छपक्कै छोपेको थियो । पछि मात्रै थाहा भयो केहि अरवी आतंककारीहरुले इजराली खेलाडीलाई बन्दी बनाएर इजरायलमा बन्दी बनाएका आफ्ना साथीहरुलाई छुडाउन यो आक्रमण गरेका रहेछन् । पछि सेनाले कारवाहि ग¥यो, गोली हानहान भयो, हेलिकोप्टर जल्या, देख्दादेख्दै केहि मान्छेको लाश भए । यो घटनापछि ३, ४ दिन नेपाली टोलीका सदस्यहरु सुत्न सकेनन् । ओलम्पिक खेल ३ दिन स्थगित भयो । कुनैपनि देशका खेलाडीले राम्रो संग खेल्न सकेनन् ।

नेपालको खेल क्षेत्रमा अपेक्षाकृत सुधार मात्रै भएपनि जीतबहादुरहरु जस्ता महान् खेलाडीलाई थोरै राहत हुने थियो । यहाँ त खेलाडीलाई सम्मान गर्ने काम पनि भएन । खेल क्षेत्रको सुधारका लागी उचित गतिविधि पनि भएन । खेललाई बुझनेहरुको कमि हुदा खेल क्षेत्र मात्र होइन समग्र मुलुक नै पछी परेको तर्क गर्नेहरुको पनि कमि छैन यहाँ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments