Sunday, September 26, 2021
घरविशेष एक बर्षको अवधिमा २ सय ६ जना बेपत्ता

 एक बर्षको अवधिमा २ सय ६ जना बेपत्ता

चन्दा गुरुङ , १८ साउन,नवलपुर । गण्डकी प्रदेश अन्तर्गको नवलपुरमा एक बर्षको अवधिमा २ सय ६ जना महिला तथा बालबालिका बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी लिलाराज लामिछानेका  अनुसार घरेलु कामदार, प्रलोभन÷उक्साहट तथा प्रतिशोधका कारण बालबालिका तथा महिलाहरुले घर छाड्ने गरेका छन् । घरबाट हराउदा प्रहरीमा सुचना दिए पनि भेटाएको जानकारी नगराउदा तथ्याङ्क एकिन गर्न समस्या भएको बताए । प्रहरीका अनुसार कोही व्यक्ति परिवारसँग सम्पर्क्विहीन भएपछि खोजिदिन आग्रह गर्दै चौकी पुग्छन् । हराएका व्यक्तिको फोटो, हुलिया, ठेगाना प्रहरीले संकलन गर्छ ।

सबै जिल्लामा, सीमा नाकामा समेत अभिलेख जानकारी पठाउने गरेको प्रहरी निरीक्षकलामिछानेले बताए ।‘हराउने बित्तिकै खबर दिन आउँछन् , भेटिएको खबर गर्नै आउँदैनन् । त्यसैले संख्या बढी देखिएको हुन सक्छ,’ लामिछानेले  भने । हराएको खबर भन्न चौकी पुग्ने व्यक्ति भेटिएको जानकारी दिँदैनन् । त्यसैले कोही तुरुन्तै भेटिए पनि प्रहरीको सूचीमा भने हराएको तथ्यांकमै देखिन्छ । प्रहरी संरचनाअनुसार हराएका व्यक्ति खोज्ने छुट्टै संयन्त्र छैन । हराएको मानिस नभेटिएसम्म प्रहरीले निरन्तर खोजी गर्न सकिरहेको हुँदैन । मानिस हराउनुमा सामाजिक कारण पनि रहेको प्रहरी बताउँछन् । सहरमा घरानीया वर्गका व्यक्तिले काम गर्न राख्ने चलन छ । कामका लागि बस्ने व्यक्तिले रेष्टूरेन्ट, गेष्ट हाउसमा काम गर्छन् । प्रहरीलाई सही ठेगाना बताउँदैनन् । ढाँटेर नयाँ परिचयका साथ कोही बसिरहेको हुनसक्ने नेउपानेले बताए ।

आर्थिक वर्ष २०७४/७५ मा २ सय ६ जना महिला तथा बालबालिकाहरु बेपत्ता भएको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा १ सय ६२ जना महिला ,२५ जना बालक र २९ जना बालिकाहरु बेपत्ता भएका छन् । यसैगरी हराएका महिला तथा बालबालिकाहरु मध्ये २० जना बालक ,१५ जना बालिका र ५५ जना महिला फेला पर्न सफल भएको प्रहरीले जनाएको छ  । विशेषगरी नवलपुर जिल्लामा चेतनाको कमी ,सामाजिक सञ्जालको नकरात्मक प्रभावका कारण महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी लामिछानेले बताए  ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments