Tuesday, October 26, 2021
घरBanner News‘विजुलीमय स्तुपा’को चर्चा

‘विजुलीमय स्तुपा’को चर्चा

काठमाण्डौ, अलगधार ।
चट्याङ पर्दा चिरिएको आकाश र पृष्ठभुमीमा बौद्धनाथको स्तुपाको फोटो हेर्नेहरुको भिड विहिवार आर्ट काउन्सिलमा राम्रै थियो । फोटो जर्नालिष्ट क्लवले आयोजना गरेको बृहत फोटो प्रर्दशनीमा शसांक चित्रकारले खिचेको सो फोटो हेर्नेहरुले गरेको फोटोग्राफरको तारिफ सुन्न लायकको थियो ।

हुन पनि राम्रो फोटो खिच्नका लागी कला मात्र भएर पुग्दैन कहिले काँही त भाग्य र समयले पनि साथ दिनै पर्छ भन्ने आभाष सो फोटोमा प्रष्ट देखिन्छ । त्यही बेला चट्याङ पर्नु र उनको क्यामराले सो फोटो केही सेकेण्डमा नै कैद गर्नुलाई उत्कष्ट कलाकारिता र भाग्यको संयोजन मान्नेहरुको पनि संख्या प्रर्दशनीमा उल्लेख्य थियो ।

पिजे क्लवको आयोजनमा भएको फोटो प्रर्दशनीमा १ सय ५० भन्दा बढी उत्कृष्ट फोटोहरु राखिएका छन् । बुधवारबाट शुरु भएको प्रर्दशनी आगामी आइतवारसम्म चल्नेछ । यो प्रर्दशनीमा गत बर्ष बाढीमा परी मृत्यु भएका एक बालकको अन्तिम संस्कार गर्नका लागी जमिन नभएपछि बाबुले पानीमा मृत बच्चालाई बगाएको फोटो देखि नेपालका सास्कृतिक र प्राकृतिक झझल्को दिने फोटोहरु पनि राखिएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments