काठमाण्डौ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकालले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त भएका छन् ।मोरङमा वामपन्थीको किल्ला मानिने निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका ढकाललाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीको रुपमा जिम्मेवारी दिएका हुन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन थियो ।
तेह्रथुमको ओख्रेमा २०१८ मा जन्मिएका ढकाल मोरङका स्थायी बासिन्दा र मतदाता भने होइनन् । उनको मतदाता नामावली काठमाडौंमा छ ।अनेरास्ववियुको महासचिवसम्म भएका ढकाल विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा क्रियाशील भएका हुन् । २०४५ सालमा तत्कालीन माले पार्टीको सदस्यता प्राप्त गरेका उनी दोस्रो संविधानसभा निर्वाचन २०७० मा समानुपातिक तर्फबाट सभासद थिए ।
उनी दोस्रो संविधान सभापछिको संसदमा एमालेका प्रमुख सचेतक पनि भए ।यस्तै यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने संघीय समाजवादी फोरमका डा। सुरेन्द्र यादवले पाउने भएका छन् ।मन्त्री राज्यमन्त्रीको सपथ साढे ४ बजे तय भएको छ ।